काठमाडौं । गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दै आएका साजन हुसेन माथि छुरा प्रहार भएको छ । प्रहरीले चक्कु प्रहार भएको थाहाँ पाएपछि आफू घटनास्थल पुग्दा त्याहाँबाट एक थान पेस्तोल बरामद गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले बताए । छुरा प्रहार गर्ने व्यक्ति फरार भएको हुँदा उसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।