भारत,आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेदरल्यान्डले पाकिस्तान बिरुद्ध टस जितेर फिल्डीङ रोजेको छ । दुबै टोली आजको खेल जितेर बिजयी सुरुवात गर्न चाहान्छ ।
पाकिस्तानका ब्याटरहरु बावर आजम र इफ्तिखार अहमद र बलरद्वय शाहिन शाह अफ्रिदी र हरिस रउफले पाकिस्तानको खेललाई जुनसुकै बेला आफ्नो पक्षमा पार्न सक्ने आकलन गरिएको छ, भने नेदरल्यान्डका ब्याटरद्वय विक्रमजीत सिंह,म्याक्स वोडाउड र बलरद्वय बास डे लीडे,लोगान भ्यान बेकको प्रदर्शनलाई पनि अर्थपूर्ण तरिकाले हेरिएको छ ।
पाकिस्तानको प्लेइङ ११
इमाम उल हक,फखार जमान,बाबर आजम(कप्तान) मोहम्मद रिजवान(विकेटकिपर) साउद सकिल,इफ्तिखर अहमद,शादब खान,मोहम्मद नवाज,हसन अली,शाहिन शाह अफ्रिदी र हरिस रौफ
नेदरल्यान्ड्को प्लेइङ ११
विक्रमजित सिंह,म्याक्स ओडाउड,कोलिन एकरम्यान,स्कट एडवार्डस(कप्तान तथा विकेटकिपर) बास डि लिड,तेजा निडामानिरु,सकिब जुलफिकर,लोगन भान बिक,रोलेफ भान डर मर्वे,अर्यान दत्त र पाउल मार्केन ।
त्यस्तै,विश्वकपको पहिलो उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकेट विजेता इंग्ल्यान्डलाई हराउँदै हारको बदला लिएको छ ।
न्युजिल्यान्डको धुवाँधार व्याटिङका अगाडी इंग्ल्यान्डका बलरहरु निरिह देखिए । चेन्नाई सुपर किङबाट खेल्ने न्युजिल्यान्डका ओपनर ब्याटर डेविड कानवे १२१ बलमा नटआउट १५२ र डेब्यूमानै विश्व क्रिकेटको नजर आफू तिर तान्न सफल २३ बर्षिय खेलाडी रचिन रविन्द्रको ९६ बलमा नटआउट १२३ रनको नटआउट बिष्पोटक सतकमा न्युजिल्यान्ड ९ विकेटले विजयी भयो ।
बिहीबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले पहिले व्याटिङ गरि २८३ रनको लक्ष्य दिएको थियो ।
इंग्लयान्डका लागि जो रुटले सर्वाधिक ७७ रन,जोस बटलर ४३, जोनी बेयरस्टो ३३,ह्यारी ब्रुक २, लियाम लिभिङस्टोन २० रन बनाएउँदा अरु कुनै पनि व्याटरले राम्रो रन जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि बलरहरु म्याट हेनरी ३ विकेट,मिचेल सेन्टनर २,ग्लेन फिलिप्स २,ट्रेन्ट बोल्ट १ र रचिन रविन्द्रले १ विकेट लिए । इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो ।