काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अनलाइन अटो सो गर्ने भएको छ । नाडा र हाम्रो बजार डटकमको सहकार्यमा नाडा डिजिटल अटो सो हुने भएको हो । उक्त सो आयोजना गर्नको लागि नाडाको सचिवालय टेकुमा नाडा र हाम्रो बजारबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार डिजिटल अटो एक्स्पो गर्ने हाम्रो बजार डटकमले काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो सो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिबारे नाडा डट हाम्रोबजार डट कममार्फत दैनिकरूपमा प्रसारण गर्ने बताइएको छ । हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।