काठमाडौंको बौद्धमा गोली चल्दा १ जना घाइते भएका छन् । घाइते भएका युवकको घर सिन्धुली भएको बुझिएको छ । समाचार स्रोतले जानकारि दिएअनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा बुझन गएको प्रहरी टोलीलाई आक्रमण गर्न लागेपछि बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बुझिएको छ ।