काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ को अभियानअन्तर्गत सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गरी सम्पन्न गरेको छ । यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरूलाई सूचित गराउने उद्देश्यले झण्डै आधा दर्जन कार्यक्रमहरू गरेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीका अनुसार असोज १६ गते गोल्डेनगेट इन्टरनेसनल कलेज बत्तीसपुतलीमा पुँजीबजार साक्षरता कार्यक्रम, असोज १७ गते चावहिलको सेन्टल लरेन्स कलेजमा पुँजीबजार साक्षरता कार्यक्रम, असोज १८ गते पञ्चकन्या ग्रुप ललितुरमा सेयरबजार अन्तरक्रिया तथा सचेतना कार्यक्रम र असोज १९ गते स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको पुतलीबजारमा पुँजीबजार साक्षरता कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।