काठमाडौं, वैशाख २८
ग्रिन डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ६२ लाख ५२ हजार दुुई सय एक रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड ४२ लाख ७४ हजार आठ रूपैयाँ रहेको छ । चुक्ता पुँजी ५० करोड रूपैयाँ रहेको बैकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड २९ लाख ३९ हजार आठ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब पाँच करोड ८० लाख ३१ हजार तीन सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ३२ लाख ७१ हजार पाँच सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकका दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड छ लाख ६६ हजार दुुई सय ४८ रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।