काठमाडौं । सानिमा बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही कात्तिक २ गते १९औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी्मध्येबाट नौ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही असोज २२ गते सेयरधनी दर्ता किताब बन्द भएको थियो ।