काठमाडौं, वैशाख २९ जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड सात लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ३१ लाख रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ ८५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ११ रूपैयाँ ८४ पैसा रहेको छ ।