काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिएका छन् । प्रधानमन्त्री दाहालले बाधबार पुल्चोकस्थित मन्त्री निवासमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको जनाएको छ ।