काठमाडौं, वैशाख ३० लकडाउनको मौका पारेर बिरामी ठगी गरेपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको हो । उक्त अस्पतालले आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपीडी सेवामा सात सय ५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो । पाँच सय रुपैयाँबाट बढाएर सात सय ५० रुपैयाँ लिएको बताइएको छ ।