काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी ७० करोड रुपैयाँमध्येबाट २० प्रतिशतको दरमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड रुपैयाँबराबरको १४ लाख कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको छ । जसमध्ये पहिलो चरणमा सर्र्वसाधारणको लागि छुट्याएको कुल सेयरमध्ये १० प्रतिशतले हुनआउने एक करोड ४० लाख रुपैयाँबराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरूको लागि बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलमार्फत यही कात्तिक १० गतेबाट खुला भएको साधारण सेरको बिक्रीकार्य यही कात्तिक २४ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।