काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेको छ । संस्गाले यही असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई झण्डै १३ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको हो ।
संस्थाका अनुसार घोषित लाभांशमध्येमा हाल कायम चुक्ता पुँजीको १२ दशमलव ३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।