काठमाडौँ । आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएको हो । उनले उक्त दिन औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेत तय भएको छ ।