काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव ४६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार २१ दशमलव ३० अंकले उकालो लागेर १८ सय ४७ दशमलव ५४ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ७३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४७ हजार दुई सय ३१ पटकको कारोबारमा ३५ लाख ५५ हजार छ सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९३ करोड ८९ लाख २९ हजार ४० रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।