काठमाडौं, वैशाख ३१
एनएमबी बैंकमा नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक भाइबरबाटै खाता खोल्न सकिने भएको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता÷मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको जानकारी दिएको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरू बैंकले पस्किएको हो ।
डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दे ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौँ । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकवर्गलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजनाहो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।