अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको क्रममा ठूलो घोटला भएको पाएको छ ।
अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाको सबै कागपत्र नियन्त्रणमा लिएको छ । सुरुमा १२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरि स्टमेट गरिएको पोखरा विमानस्थलको लागत पछि बढाइएको थियो ।
घोटाला भएको उजूरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएको स्रोतले बताएको छ । त्यसबेलाका विमानस्थल आयोजना प्रमुख हाल नेपाल नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी थिए । अधिकारिले नै १२ अर्बबाट लागत बढाएको स्रोतको दाबी रहेको छ ।