काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर १५ गते काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशतका दरले हुन आउने १३ करोड ६३ लाख ६३ हजार सात रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही मंसिर चार गते सेयरधनी दर्ता किताब बन्द हुने बताइएको छ ।