काठमाडौं, जेठ ४ शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ६७ लाख नौ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ७१ लाख ४२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब १५ करोड ५१ लाख ३८ हजार रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी ११ रूपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी एक सय २४ रूपैयाँ ५४ पैसा रहेको छ ।