भारत, जेठ ६
जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा संक्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ । छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा संक्रमण भएको पुष्टि गर्दै भने, ‘सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जनाले कोभिड–१९ बाट संक्रमण भएका एक विरामीको उपचारमा खटिएका थिए ।’ संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मु–काश्मिरमा सोमबारसम्म एक हजार १ सय ८३ जना संक्रमित रहेका छन् भने संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।