काठमाडौं,नेपाललाई हिन्दु राष्ट्र बनाउन दवाव दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख भरीको जवाफ दिएका छन् ।सोमबार सिंहदरबारमा केही सिमीत सम्पादकहरुसँग कुरा गर्दै उनले मोदीलाई मुख भरिको जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गत जेठ १७ गतेदेखि निम्तो मागेर भारत भ्रमण गरेका थिए । र त्यसै बेलादेखि भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई हिन्दु राष्ट्र बनाउन दवाव दिर्दै आएका छन् । त्यो दवावलाई उनले पछिल्लो समय झन तेपी बनाएका छन् । गत साउन २० गते उनले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर उक्त सहमति मार्यान्वयन गर्न ताकेता गरेका थिए ।
र त्यसको एक महिना पछि गत भदौं १८ गते आफ्ना आर्थिक सल्लाहकार विवेक राय र रन्जीत रेलाई नेपाल पठाएर ताकेता गरेका थिए तर प्रधानमन्त्री प्रचण्डले आलटाल गर्दै आएर सत्ताधारी वामपक्षको विप्लव सहितको समाजवाली मोर्चा बनाएपछि झस्किएको भारतीय पक्षले किनारा लगाइएको केपी ओली र डा. शेखर कोइराला पक्षलार्य मिलाएर कोशी प्रदेशमा विद्रोह गराएको थियो ।
सरकार गठन गर्नुअघि भारतका लागि कम्फर्टेवल सरकार बनाउने घोषणा गरेका प्रचण्डले सामबार सिंहदरबारमा भारतीय प्रधानमन्त्री मोदी तर्फ संकेत गर्दै डेढ अर्व जनसंख्या र त्यस मध्ये ८० प्रतिशत हिन्दुहरु भएको भारतले नै संविधानमा हिन्दु धर्म राखे भयो नि ! भनेर मुखभरीको जवाफ फर्काएका छन् । भारतीय विदेशमन्त्री एस जय शंकर नेपाल आउन लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्डले मोदीलाई मुख फर्काएका छन् ।