सुनसरी । काम गरिराखेको बेला पछाडीबाट खुकुरी प्रहार गरी ७० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडीबाट खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।