काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज(सोमबार) सूचना प्रकाशित गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।
कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुले एकदेखि तीन वर्षसम्म कुनैपनि खरिद कारबाहीका भाग लिन पाउने छैनन् । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं टेकुको ऊर्जा–कृशभ मस्ट जेभी लगायत रहेका छन् । सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार–सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ ।