काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत शेयर धितो कर्र्जामा जोखिम भार घटाएपश्चात अघिल्लो दिन सेयर बजारमा उछाल आएर तीन पटकको पोजेटिभ सर्किट पछि डेड घण्टा पनि कारोबार नखुली बन्द भएको थियो । तर त्यसको भोलिपल्ट अर्थात आज सोमबार भने सेयर बजार परिसुचक दोहोरो अंकले घटेको छ ।
अघिल्लो दिन एक सय ११ अंकले उकालो लागेको बजार परिसुचक आज सोमबार १५ दशमलव ४० अंकले ओरालो लागेर १९ सय ४८ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख नौं हजार नौं सय १८ पटकको कारोबारमा एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार आज कुल कारोबार रकम चार अर्ब ८४ करोड २७ लाख ७५ हजार तीन सय ८६ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) माज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, जीवन बीमा, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् ।