काठमाडौं । प्रभु बैंकका ग्राहकसँगै कर्मचारीका परिवारले चाबहिलको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन् । बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौताअनुसार बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापीलगायतका सेवामा छुट पाउने बैंकले जानकारी दिएको छ ।