काठमाडौं,नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा–पत्र बुझाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार थानीले राजनीतिमा जानलागेको भन्दै मन्त्रीसमक्ष राजीनामा–पत्र बुझाएका थिए । त्यसलगत्तै टेकुस्थित कार्यालय पुगेर निगमका उच्च अधिकारीहरूलाई राजनीतिमा जानका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएको बताएका थिए ।
थानी २०७८ फागुनमा तीनवर्षे कार्यकालका लागि निगमको कार्यकारी पदमा नियुक्त भएका थिए । घाटामा रहेको निगमलाई नाफाको अवस्थामा पु¥याएलगत्तै थानीको राजीनामा आएको छ । उनको कार्यकाल अझै १५ महिना बाँकी थियो ।
उनका निकटस्थहरूले राजजनीतिमा आउनकै लागि राजीनामा गरेको बताएका छन् । थानी कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्ष भइसकेका व्यक्ति हुन् ।