काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रमिकहरुको छाता संगठन (JTUCC)को कार्यक्रममा सहभागि हुने भएका छन् । पौष १४ गते शनिबार भृकृटीमण्डप स्थित राष्ट्रिय सभा गृहहलमा हुने श्रमिकहरुको कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुने (JTUCC) का सचिवालय सदस्य गोपाल राईले बताएका छन् ।
श्रमिक वर्गको कानुन निमार्ण तथा संसोधन गर्नका लागि श्रमिकका प्रतिनिधित्व गर्ने बिभिन्न महासंघहरुको मुल सस्था (जेटियुसिसि)को छैटो राष्ट्रिय ट्रेड युनियन सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सहभागि हुने भएका हुन । संयुक्त ट्रेड युनियन संमन्वय केन्द्र (JTUCC) श्रमिक महासंघहरुको छाता संगठन रहेको छ । गठन भएको महासंघ (जेटुसीसी)मा नेपालमा श्रमजिवी वर्गहरुको प्रतिनिधित्व गर्ने १० वटा महासंघहरु आवद्ध रहेका छन् ।
उक्त महासंघले श्रमिकका आवजहरुलाई उठाउने गरेको छ । (JTUCC)ले श्रमिकका पेशागत हकहित,न्यूनतम पारिश्रमिक निर्धारण तथा सामाजिक सुरक्षा कोष लगायतका श्रमिकको हित हुने कार्यहरुमा संस्थागत रुपमा अधिकारहरु सुनिश्चिित हुनुपर्ने भनि आवाज उठाइरहेका छन् ।
उक्त श्रमिक महासंघले श्रमिकका मागहरुलाई व्यवहारमा उर्तानुपर्ने कुरामा सरकारको ध्यानाकर्षण समेत गराउने भएका छन । जेटियुसीसीका महासचिव तथा सचिवालयका अध्यक्ष चिरागमानसिंह कुबँरको अध्यक्षतामा यहि बुधबार सचिवालयको बैठक बसेको थियो ।
बुधबार बसेको बैठकमा जिफन्टका महासचिव लक्ष्मण शर्मा,एन्टीयुसीईका महासचिव अजय कुमार राई,आन्टुफका महासचिव सालिकराम काफ्ले,एनडीकन्टका महासचिव रामेश्वर श्रेष्ठ,आईफन्टका महासचिव बिजयकान्त ठाकुर,एसटियुसीका महासचिव गोपाल राई,एन्डीफन्डका महासचिव बद्री कुमार श्रेष्ठ र टुकोनका महासचिव आनन्द कुमार रिसाल लगाएत श्रमिक नेताहरु सहभागि भएका थिए ।