चिनियाँ विज्ञान प्रतिष्ठान र नेपालका कलेजबीच सहकार्य लागि दुई प्रतिनिधिबीच छलफल भएको छ । ह्वाइटहाउस इन्जिनियरिङ कलेज र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्सले आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरू र नेपालका कलेजका प्रतिनिधिहरू आपसी सहकार्यका लागि बेग्लाबेग्लै छलफल भएको हो ।
नेपाल र चिनियाँ कलेजहरूका बीच शिक्षक अनुभव आदानप्रदान, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, तालिम, आईडिया साटासाट गर्नेजस्ता विषयमा छलफल गरिएको नेपाली कलेजका प्रतिनिधि नारायण आचार्यले बताए । कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधि प्रोफेसर रुइङ झाङले तियानजिन कृषि विश्वविद्यालयले नेपाल तथा चीनको सिमानामा रहेका महत्वका स्थानलाई पर्यटकीयरूपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने तथा त्यस क्षेत्रको वातावरण सुधार गर्ने विषयको पूर्वअध्ययन गर्न चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरूको भ्रमण राखिएको बताइन् ।उनले गौतम बुद्धको जन्म स्थान लुम्बिनी, संसारकै उच्च शिखर सगरमाथा नेपालमै रहेको र नेपाल र चीनबीचको ऐतिहासिक पौराणिक र सामाजिक दिगो सम्बन्धका विषयमा आत्मीय सम्बन्धलाई अझ कसरी शैक्षिक क्षेत्रबाट कसरी गर्न सकिन्छ भन्ने चासो रहेको बताइन् ।