काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २७ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आफ्नो १६ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।