काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले बिहीबार तेजाबी सुनको मूल्य तोलामा एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।