काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीले आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका छन् । शुक्रबार न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् ।
नियमित तलबभत्ता तथा अतिरिक्त समय काम गरेको आठ महिनाको पारश्रमिक नपाएको भन्दै अस्पतालभित्रका नौवटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । न्याम्समा यसबारे जानकारी गराउँदा समेत अस्पताल व्यवस्थापनले वास्ता नगरेको उनीहरूको आरोप छ ।
कर्मचारीले बक्यौता पाश्रिमिक भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच छलफल सुरु भएको छ ।