काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते ललितपुरको जावलाखेलस्थित होटल ले, बगैंचामा आफ्नो पाँचौ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।