सर्लाहीको बरहथवामा निषेधाज्ञा जारी भएको छ । उक्त क्षेत्रमा कर्फ्युको समय सकिएपछि निषेधाज्ञा जारी भएको हो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि ९आइतबार० बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाउदा बरहथवा ५ का जयशंकर शाहको मृत्यु भएको थियो।
नेपाली कांग्रेसका कार्यकताले आन्दोलन गरिरहेका थिए । प्रदर्शनकारीहरुले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।