काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ आठ गते अर्थात् आज सोमबार १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । आज अपराह्न दुई बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि पुस २६ गते पनि राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
माघ नौ गते मंगलबार जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । सो दिन २८ दिन अवधिको पाँच अर्ब रुपैयाँ र ९१ दिन अवधिको पाँच अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । २८ दिन अवधिको ट्रेजरी बिल २०८० फागुन आठ गते र ९१ दिन अवधिको ट्रेजरी बिल २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने ट्रेजरी बिलमा ९१ दिन अवधिको पाँच ४९ करोड रुपैयाँमध्ये पाँच अर्बको ट्रेजरी बिल नयाँ–नयाँ रहेको छ भने बाँकी सबै पुरानो नवीकरणअन्तर्गत रहेको छ । गत साता पनि राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब र ९१ दिन अवधिको सात अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।