काठमाडौं । कामना सेवा बिकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २५ करोड ८९ लाख १९ हजार पाँच सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै छ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १९ करोड ५८ लाख ७१ हजार छ सय ११ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख ६४ हजार छ सय ६९ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५६ अर्ब २९ करोड ६४ लाख ४२ हजार तीन सय ७८ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९८ करोड २६ लाख ९४ हजार नौ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ९५ करोड ८८ लाख ४० हजार चार सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १७ करोड ४५ लाख २७ हजार दुई सय ५८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५३ अर्ब ४७ करोड २४ लाख १० हजार पाँच सय ५७ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख ३७ हजार तीन सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब दुई करोड २६ लाख ३१ हजार आठ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।