काठमाडौँ, जेठ १५ एनआईबीएल एस क्यापिटलमा खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने भएको छ । क्यापिटलले ग्राहकहरूलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको जजाएको छ । कम्पनीले कोरोना भाइरस (कोभिड १९)को प्रभावको समीक्षा गर्दै व्यावसायिक र उद्यमीलाई लक्षित दुई सल्लाहकार उत्पादनहरू पनि सुरू गरेको छ । यस्तो सल्लाह महामारी अर्थात व्यवसाय मूल्यांकन र प्रभाव विश्लेषण, स्टार्टअप सेटअप र पुँजीगत कोषबाट प्रभावित रहेको क्यापिटलले जानकारी दिएको छ ।