काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यही फागुन दुई गतेबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ४५ करोड रुपैयाँ बराबरको एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही फागुन २२ गते बन्द हुनेछ । अधिकृत पुँजी दुई अर्ब ९० करोड र जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।