काठमाडौं,संघीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । उनलाई राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा १०६ को उपाधारा (१) बमोजिम महासचिवमा नियुक्त गरेको छ । पाण्डेयलाई राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुखद्वय गणेशप्रसाद तिमिल्सिना र देवराज घिमिरेले महासचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।