काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरूले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरूले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए ।
प्रस्तुतीकरणपछि सहभागीहरूबाट विभिन्न समसामयिक विषयमा तीन वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिवबहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरनप्रसाद चौधरी, जागेश्वरप्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा गोपाल दहित रहेका थिए ।
उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरू सहभागी थिए रहेको संस्थाले जानकारी दिएको छ ।