काठमाडौं, जेठ १८
सनराइज बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको कोभिड–१९ बीमा गरेको छ । बैंकले कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरूको कोभिड–१९ बीमा गराएको हो । कोभिड–१९ बीमाअन्तर्गत प्रत्येक कर्मचारीहरूको एक लाख रूपैंया बराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको बैकले जानकारी दिएको छ ।
बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीहरूमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमादाबी गर्न सकिने बैंकले जानकारी दिएको छ । सम्झौताले आफ्ना कर्मचारीहरूको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरूलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ । बैंकले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामग्रीहरू समेत उपलब्ध गराउँदै आएको बैंकले जानकारी दिएको छ ।