काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले हालै १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५, स्थित होटल माला इनमा भएको सो सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, आव २०७९÷८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अंकित खड्का र रचनाकुमारी ओझालाई निर्विरोध निर्वाचित गरेको छ ।