काठमाडौं । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’अन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नको लागि निवेदन पेस गरिएको छ ।
गरिमा क्यापिटलले हालै बोर्ड समक्ष दर्ता गर्नका लागि निवेदन पेस गरेको हो । प्रस्तावित योजनाअन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचुअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ । यस संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापनबाहेक लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरोसेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।