काठमाडौँ । जन्मदिन सबैको लागि प्रिय अनि विशेष अवसरले हाम्रो जीवनमा महत्त्वपूर्ण अर्थ राख्छ । आज भोलि त बच्चाहरुको लागि दशैँ तिहार जस्तै विशेष दिनको रुपमा विशेष तवरले ताम्झामका साथ जन्मदिन मनाइने गरिन्छ । यस दिन विशेषगरी उपहार दिएर खुसीको भावना बाढ्ने/साट्ने चलन रहेको छ । सबैको मन दोधार हुन सक्छ कोसेली के दिने ? के लैजाने? के पठाउने भनेर । यस दिन प्राथमिकतामा उसैको सोख, चाहना इच्छा अनुसारकै उपहार भने अग्र पंक्तिमा रहेको हुन्छ र यो चाहना बुझ्न सक्दा राम्रो । तर, जति सुकै ताम झामको बिचमा पनि बुढापाकाको मन त इतिहासलाई नै जिबित राख्ने कलात्मक बस्तु, आकृति चालचलन भेषभुसा तिर नै मोडिने रहेछ । यहाँ आज फागुन ७ गते प्रजातन्त्रको दिन/दिवस अनि शेयरिका श्रेष्ठ नानुको जन्मदिन । तुलनात्मक रुपमा कोमल नारायण श्रेष्ठ (हजुरबुबा-८५ बर्ष) ले डोको उपहार(आफैले बनाउनुभएको)दिएर सन्तती(पलातिनी) लाई सुभकामना दिनु भएको छ । आजैको विशेष दिनमा । विशेष त झनै उपहारले झल्काएको छ । संस्कारलाई झनै उपहारले पबित्र बनाएको छ । नेपालीहरुमा सुभकामना दिनलाई दुरिले खुसिलाई कम गराउदैन/रोक्दैन, टाढा भए पनि उपहार पठाएर खुसी साटासाट, आत्मीयता झनै बढाएको हुन्छ । बाढिराख्नु होला । यो मन त नेपाली हो हामिलाई नि आनन्द लाग्छ । जन्मदिनको लाखौ लाख सुभकामना !!!