काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष पर्वत फुलबारी-२ घर भएका जीवनकुमार गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि सामाखुसीबाट गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए ।