काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुठ्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । विसं २०८० वैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न सफल भएको र उक्त कार्यमा सहयोग गर्नै कम्पनीका सम्पूर्ण सेयरधनीहरू, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सीडीएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरू, पुनर्बीमा ब्रोकरहरू लेखापरीक्षकलगायत पत्रकार जगतलाई पनि धन्यवाद दिए ।
देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नका लागि ठूलाठूला मेगा प्रोजेक्टहरूको स्थापना हुनुपर्नेमा विशेष जोड दिर्दै अध्यक्ष ढकालले नेपालमा विकास निर्माणका लागि सडक, जलविद्युत्, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकाले सरकारले उच्च प्राथमिकताका साथ लगानीमैत्री वातावरणको सिर्जना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देशभित्रै रोजगारीको सिर्जना भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्किने थियो भनि सभामा आफ्नो मन्तव्य राखे ।