काठमाडौं, जेठ २१
नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड १० लाख ३३ हजार एक सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ६० लाख १० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ५८ लाख १४ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५३ अर्ब ३१ करोड ४९ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब द्ध करोड चार लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ७६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँ निक्षेप संंकलन गरी ५२ अर्ब ५३ करोड ९२ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।