नेकपा एमालेका नेता रुघुवीर महासेटको नेतृत्वमा एमाले प्रचण्ड नेतृत्वको सरकारमा प्रवेश गरेको छ । महासेट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवार सम्माहालेका छन् ।
उनीसँग एमालेबाट सरकारमा जाने ८ मन्त्रीहरुको टुङ्गो लागेको छ । रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री,त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।
त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लिने समाचार स्रोतले बताएको छ ।