काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवम् विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको जनाएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्ने गरेको छ ।
हालै सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’बाहेक क्रिकेटका अन्य खेलहरु आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलहरूमा सहयोग पुर्याएको कम्पनीले जनाएको छ । यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो ।
‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान गर्दै एनसेलले एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो । एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।
यसैगरी गल्फमा, गल्फ र पर्यटन प्रवर्द्धनसहित आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तत्र्रिmया गराउने उद्देश्यले यही चैत एकदेखि तीन गतेसम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ हुँदैछ ।