काठमाडौं,बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।

बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका महर्जनलाई यही फागुन २३ गते बुधबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी भइरहेको समाचार स्रोतले बताएको छ ।