काठमाडां, प्रभु बैंकको रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ डारीबजारमा रहेको प्रभु बैंकको शाखाबाट करिब २ करोड रुपैयाँ पैसा अपचलन गरेर फरार रहेका बैंकका कर्मचारी लाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका कर्मचारी निरज विक्रम शाहलाई बिहीबार नेपालगञ्ज उपमहानगरपालिका(१५ जमुनाहबाट पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको डिएसपी नवराज भट्टराईले संचार माध्यमलाइृ बताएका छन् ।
बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत शाहले १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गरेका थिए । तिमिल्सिनाले मुद्धा दर्ता गरेको भन्दा बाहेक अन्य १९ जना व्यक्तिले आफुले बैंकमा जम्मा गरेको पैसा शाहले जम्मा नगरेको भन्दै उजुरी दिएको डिएसपी भट्टराईले बताए ।शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न सुरु गरिएको प्रहरीले बताएको छ ।