राजविराज (सप्तरी) । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजामा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।

छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले राष्ट्रपति पौडेलद्वारा छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपतिको स्वागतका लागि सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।